तनहुँ । ‘रक्तदान नै जीवन दान हो’ भन्ने मूल मर्मका साथ आज आयोजित रक्तदान कार्यक्रममा १ सय ११ पिन्ट रगत संकलन भएको छ।
रगत अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्त संकलन कार्यक्रम आयोजना गरेको आयोजक लायन्स क्लबले जनाएको छ ।
क्लबका जोन चियर पर्सन लायन्स सुजित हीराचनले सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको लायन्स क्लबले सामाजिक कार्यलाई केन्द्रित गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए।

जिल्लामा रगतको अभाव हुन नदिन पछिल्लो समय विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम गर्दै आएका छन् ।




Comments are closed.