पोखरा । प्रतिष्ठित व्यावसायिक घराना केसी ग्रुपकी बन्दना कार्की पोखरा उद्योग वाणिज्य संघमा निर्विरोध निर्वाचित भएकी छन् । भदौ २४ र २५ गते हुने ३४औं महाधिवेशनका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा संघको कर्पोरेट सदस्यमा कार्की निर्विरोध भएकी हुन् ।
युनाइटेड इदी मर्दि हाइड्रोपावर कम्पनीको प्रतिनिधित्व गर्दै कार्कीले मनोनयन दर्ता गराएकी थिइन् ।
कार्की जोन्टा क्लब, नेपाल भारत मैत्री संघ लगायतका सामाजिक संघसंस्थामा आबद्ध छन् ।

कार्कीसँगै कर्पोरेट सदस्यमा रामप्रसाद कँडेल पनि निर्विरोध भएका छन् । उनले इजी ट्रेडिङ प्रालिको तर्फबाट मनोनयन दर्ता गराएका थिए ।
अन्य पदमा भने निर्वाचन हुने भएको छ ।





Comments are closed.