साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार ९३ हजारमा कारोबार भएको छापावाल सुन आईतबार भने तोलामा ६ सय रुपैयाँले बढेको हो ।
तोलामा ६ सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलाको ९३ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको ९३ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यसैगरी, शुक्रबार ११ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आईतबार ५ रुपैयाँले बढेको छ ।

तोलामा ५ रुपैयाँले बढेसँगै आज चाँदीको मूल्य तोलाको ११ सय १० रुपैयाँ कायम भई कारोबार भई रहेको महासंघले जनाएको छ ।




Comments are closed.