सेयर बजारमा झिनो सुधार : नेप्से ६.६८ ले बढ्दा २ अर्व ८३ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार आएको छ । गत साता लगातार ओरालो लागेको नेप्से साताको पहिलो दिन आज भने सामान्य बढेको छ । आज नेप्से ६ दशमलव ६८ अंकले बढेर १ हजार ९ सय ७७ दशमलव ३० अंकमा पुगेको छ ।

आज नेप्से बढे पनि कारोबार रकममा भने खासै सुधार देखिएन । आज २८ लाख ७६ हजार २८८ कित्ता सेयर किनबेच हुँदा जम्मा १ अर्ब ७ करोड १६ लाखको कारोबार भएको छ ।

आज रिडी हाइड्रोपावर कम्पनीको सर्वाधिक ८ करोड ९१ लाखको कारोबार भएको छ भने, नेपाल दूरसञ्चार कम्पनीको ६ करोड ५३ लाख ३७ हजार, नबिल बैंकको ६ करोड ३० लाख ५० हजारको कारोबार भएको छ ।

footwear zone

आज रुरु जलविद्युत परियोजनाको सेयरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९८४ रुपैयाँ ५० पैसा पुगेको छ। त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ९.१८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४३३ रुपैयाँ कायम भएको छ।

You might also like

Comments are closed.