काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको कार्यकाल ४ वर्ष थप गरिएको छ ।
यही भदौ ५ गते बसेको संचालक समितिको २९८औं बैठकले कार्यकारी अधिकृत श्रेष्ठको कार्यकाल ४ वर्ष थप गर्ने निर्णय गरेको थियो । ४ वर्ष कार्यकाल थपिएका श्रेष्ठको नयाँ कार्यकाल आजबाट शुरु भएको छ ।
साथै ग्राहकहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दैं आजबाट SHANGRILA CUSTOMER CARE शुभारम्भ गरी ग्राहकहरुको जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने ब्यवस्था मिलाइएको बैंकका प्रमुख संचालन अधिकृत अपूर्वप्रसाद जोशीले जनाकारी दिए ।

आम जनताले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले हाल मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।




Comments are closed.