कर बुझाउन क्यासिनोलाई महानगरको ताकेता

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले सात दिनभित्र कर बुझाउन सात वटा क्यासिनोलाई ताकेता दिएको छ । पटक पटक कर बुझाउन ताकेता गरिए पनि होटल म्यारियटमा रहेको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस, ¥याडिसन होटलको क्यासिनो ¥याड, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, होटल सोल्टीमा रहेको माजोङ इन्टरटेनमेन्ट, होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र मल्ल होटलमा रहेको बेली क्यासिनोले नबुझाएको भन्दै सात दिनभित्र कर बुझाउन ताकेता दिइएको हो ।

महानगरले ताकेता गर्दा पनि आर्थिक वर्ष २०७५/०७६ देखि कर नबुझाएकाले उनीहरुलाई एक साताभित्र कर बुझाउन ताकेता गरिएको र सात दिनभित्र नतिरे महानगरपालिका राजस्व ऐन, २०७५ अनुसार कारबाही हुने महानगरपालिकाका राजस्व विभागका निर्देशक डा. शिवराज अधिकारीले जानकारी दिए ।

footwear zone

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका प्रेमबहादुर आलेले पनि कर नबुझाउने एक दर्जन क्यासिनोको लाइसेन्स खारेज गरेका थिए भने केही क्यासिनोबाट सरकारले पाउनुपर्ने राजस्वबापत कम्तीमा पनि रु एक करोड बढी रकम सरकारका खातामा असुल गराएका थिए ।

You might also like

Comments are closed.