पोखरा । पोखरा उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य पदका उम्मेदवार भरत केसीले संघलाई खरायोको गतिमा दौडाउनुपर्ने बताएका छन् । आर्थिक आवाजसँग कुरा गर्दै केसीले संंघको कामलाई छिटो छरितो तथा उद्योगी एवं व्यवसायीमैत्री बनाउनुपर्ने बताए । ‘उद्योगी व्यवसायीका धेरै समस्या छन् । संघसँग उहाँहरुको अपेक्षा पनि छ,’ केसीले भने, ‘संघले ती उद्योगी व्यवसायीको समस्या समाधानमा तिब्र गतिले काम गर्नुपर्छ ।’
संघको ३४औं महाधिवेशन यही भदौ २४ र २५ गते हुँदैछ । महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले सफल बनाउन आफूले सक्रियताका साथ सहयोग गर्ने केसीले बताए । घरभाडा, कर लगायतका समस्या समाधान गर्न संघले चासो दिनुपर्ने र आफूले परेको समयमा अग्रपंक्तिमा आएर काम गर्ने उनले बताए ।
केसीले संघको बर्तमान कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् । संघको २ वर्षको कार्यकालमा रहदा संगालेका अनुभवलाई सदुपयोग गर्दै संघलाई थप उचाइँमा पु¥याउन आफू प्रतिवद्ध रहने उनले बताए ।

केसीले अध्यक्षका उम्मेदवार अर्जुन पोखरेलको प्यानलबाट उम्मेदवारी दिएका छन् । ‘अग्रजहरुको बिरासदलाई जीवन्त राख्दै यस पटक अर्जुन पोख्रेल प्यानलमा रहेर पुन बोर्डलाई खबर्दारीको लागि कार्यसमिति सदस्य पदमा दोहोर्याएको छु,’ उनले भनेका छन् ।




Comments are closed.