गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्र कुमार राई

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा डेकिन्द्र कुमार राई नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

निबर्तमान अध्यक्ष गौरव बुढाथोकीले कार्यव्यस्थताको कारण अध्यक्षबाट राजीनामा दिएका छन् । बुढाथोकीकै प्रस्तावमा सञ्चालक समितिले राईलाई अध्यक्ष नियुक्त गरेको हो । गत वर्षदेखि राई सञ्चालक समिति सदस्यको जिम्मेवारीमा थिए ।

विभिन्न सहकारी संस्था एवं अन्य वित्तीय क्षेत्रको अनुभव संगालेका राई अधिवक्तासमेत हुन् । राईको नेतृत्वमा फाइनान्सले वित्तीय अवस्था उत्कृष्ट हुने विश्वास गरिएकोे छ । फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा सन्तोषकुमार घिमिरे छन् ।

footwear zone

राष्ट्रियस्तरको फाइनान्सले देशभर २६ वटा शाखा र एउटा एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.