इको इन्फिनिटीको नयाँ शोरुम भक्तपुरमा

काठमाडौं । नेपालका लागि न्यु (NIU) इलेक्ट्रिक स्कुटरको एकमात्र आधिकारिक वितरक इको इन्फिनिटी प्रा.लि.को नयाँ शोरुम भक्तपुरको सूर्यविनायकस्थित घलाटेमा स्थापना भएको छ । शोरुमको मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

मिस युनिभर्स नेपाल २०२२ की विजेता सोफिया भुजेल र सेकेन्ड रनरअप आस्मा केसीले शोरुमको संयुक्त उद्घाटन गरेका हुन् । बिगत ५ वर्षदेखि इको इन्फिनिटी प्रा.लि ले यो स्कुटर नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । न्यु का स्कुटरहरु ८ वटा मोडलमा नेपाली बजारमा उपलब्ध छन् ।

न्युका अन्य शोरुमहरु काठमाडौंको दरवार मार्ग, झम्सिखेल, बुटवल, झापाको बिर्तामोडमा पनि रहेका छन् । टेकु, बौद्ध र इटहरीमा शोरुम उद्घाटनको तयारी भइरहेको कम्पनीका डाइरेक्टरद्वय प्रगुन राजभण्डारी र तरुन बज्राचार्यले बताए । कम्पनीका स्कुटरहरु ५० देखि १२० कि.मि रेन्जमा उपलब्ध रहेको कम्पनीका डाइरेक्टर राजभण्डारी बताए ।

footwear zone

कम्पनीका स्कुटरहरु १ लाख ४५ हजारदेखि ४ लाख ९५ हजारसम्मका छन् । इको इन्फिनिटीको मुख्य उद्देश्य शहरी गतिशीलताका लागि ग्राहकहरूलाई सन्तुष्टि प्रदान गर्नु रहेको कम्पनीका डाइरेक्टर प्रगुन राजभण्डारीले बताए । इको इन्फिनिटीले सस्तो मूल्यमा पर्यावरण मैत्री सवारी साधन उपलब्ध गराउँदै आएको छ ।

इको इन्फिनिटी नेपाली बजारमा नम्बर प्लेट प्राप्त गर्ने पहिलो सफल ई–स्कुटर कम्पनी हो । ९ वटा ‘क’ वर्गका बैंकबाट फाइनान्स सुविधा उपलब्ध रहेको प्रालिले जनाएको छ । पेट्रोलको मूल्य बढ्दै गइरहेको सन्दर्भमा विद्युतीय स्कुटर तथा सवारी नेपाली बजारमा अझै बढी आवश्यकता महसुस भइरहेको छ । विद्युतीय साधन मन पराउने ग्राहकका लागि एनआइयु उपयुक्त रहेको कम्पनीको दाबी छ ।

You might also like

Comments are closed.