पोउवा संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी ओझाको उम्मेदवारी 

पोखरा । युवा व्यवसायी सुदिप ओझाले पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका छन् । यही भदौ २४ र २५ गते हुने संघको महाधिवेशनका लागि ओझाले उम्मेदवारी दिएका हुन् ।

व्यवसायी ओझा लतासा लेडिज कलेक्सन–पोखराको प्रोपाईटर, टेक पार्टनर्स नेपालको निर्देशक, फेवा टेलिभिजन लि. का संचालनक रहेका छन् भने, लायन्स क्लब अफ पोखरा पिस भ्यालिका संस्थापक अध्यक्ष, लायन्स क्लब ईन्टरनेसनल, डिष्ट्रिक्ट ३२५ जे का डिष्ट्रिक्ट को चिफ र एसियन प्रोफेशनल सेक्युरिटि एसोसिएसन नेपालका सदस्यसमेत रहेका छन् ।

ओझाले अबको आफ्नो यात्रा स्मार्ट व्यवसायी र स्मार्ट पोखरा उद्योग वाणिज्य संघ बनाउने रहेको बताए ।

footwear zone

You might also like

Comments are closed.