पोखरा औद्योगिक क्षेत्र उद्योग संघ र अटोमोबाइल एसोसिएसनद्वारा कार्कीलाई समर्थन

पोखरा । पोखरा औद्योगिक क्षेत्र उद्योग संघले पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार गोकर्ण कार्कीलाई समर्थन गरेको छ ।

उद्योग संघका अध्यक्ष सुरेशबहादुर श्रेष्ठको अध्यक्षतामा केही दिन अगाडि बसेको बैठकले सल्लाहकार गोकर्ण कार्कीलाई पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा समर्थन गरेको हो ।

त्यसैगरी पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा)ले पनि कार्कीलाई वरिष्ठ उपाध्यक्षमा समर्थन गरेको छ । कार्की वाडाको सल्लाहकार हुन् । वाडाका अध्यक्ष मोहनबाबु खड्काको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ उपाध्यक्षमा कार्कीलाई समर्थन गर्ने निर्णय गरेको हो ।

footwear zone

संघको ३४औं महाधिवेशन भदौ २४ र २५ गते हुँदैछ । कार्कीले अध्यक्षका उम्मेदवार पवन प्रजापतीको प्यानलबाट उम्मेदवारी दिएका छन् । कार्कीले बर्तमान कार्यसमितिमा उद्योग उपाध्यक्ष भएर काम गरिरहेका छन् ।

You might also like

Comments are closed.