काठमाडौं । नेपाली बजारमा लगातार बढी रहेको सुनचाँदीको मूल्य बुधबार भने घटेको छ ।
मंगलबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलामा १ हजार रुपैयाँ घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबा भएको तेजाबी सुन बुधबार तोलाको ९२ हजार ५ सय कायम भई कारोबार भईरहेको महासंघले जनाएको छ ।

त्यस्तै हिजो ११ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा १५ रुपैयाँले घटेको छ ।तोलामा १५ रुपैयाँले घटेसँगै आज चाँदी तोलाको ११ सय १० रुपैयाँमा कारोबार भइरहको महासंघले उल्लेख गरेको छ ।




Comments are closed.