काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ९३ हजार ४०७ कित्ता संस्थापक सेयर आजदेखि विक्रिमा ल्याएको छ ।
बैंकले चार सदस्यहरूको नाममा रहेको ९३ हजार ४०७ कित्ता सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी लिलामी प्रक्रियाबाट विक्रिमा ल्याएको हो ।
काठमाडौंमा इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय डिल्लीबजार, लिखित जानकारी गराउन बैंकले बताएको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त सेयर विक्री गरिने बैंकले जानकारी दिएको छ ।




Comments are closed.