समूहगत उम्मेदवारीले संघलाई कमजोर बनाउछ : ढुंगाना

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा महासचिव पदका आकांक्षी तारानाथ ढुंगानाले नेतृत्वका लागि समूहगत उम्मेदवारीले संस्थालाई कमजोर बनाउने बताएका छन् ।

मतदातासँगको भेटघाटका क्रममा उनले समूहगतरुपमा निर्वाचनमा जाँदा अनावश्यक राजनीति भित्रने पनि बताएका हुन् । संस्थाभित्र व्यवसायीको पक्षमा नभई आस्थाका आधारमा हुने राजनीतिले प्रसय पाएको भन्दै उनले पोखरा उद्योग वाणिज्य संघ राजनीतिको शिकार बन्न पुगेको दावी गरे ।आफू महासचिवको उम्मेदवारका रुपमा स्वतन्त्ररुपले कुनै प्यानलमा नरहेपनि साझा उम्मेदवारका रुपमा मतदातासँगको भेटघाट बढाएको उनको भनाई छ ।

‘प्यानल, गुट, उपगुट, समुदाय वा संगठन होइन सम्पूर्ण व्यवसायीको अपनत्व हुने गरी नेतृत्व चयन गरिनुपर्छ । सबैले संघ र व्यवसायीको हितमा काम नै गर्ने उद्देश्य बोकेको छ भने किन प्यानल बनाउनु पर्यो ?,’ उनले भने, ‘त्यसैले एक्लै भएपनि आम मतदाताको साथ र समर्थनमा उम्मेदवार हुँदैछु’ जिरोकिलोमिटरमा रहेका व्यवसायीसँग मत माग्दै उनले भने ।

footwear zone

दुई वर्षे कार्यकालमा १० हजार सदस्य पुर्याउने लक्ष्य, अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाका साथ अगाडि उनको भनाई छ । साथै आम उद्योगी व्यवसायीको समस्या निराकरणका लागि महासचिवको जिम्मेवारीमा पु¥याउन मतदातासमक्ष अपिल गर्दै भेटघाटलाई तिव्र बनाएको ढुंगानाले जानकारी दिए ।

वस्तुगत हिसाबले कारोबार गर्ने पोखराका ६० —६५ ओटा संघहरुको साझा समस्या सुन्ने, समस्या समाधानका लागि नेतृत्वदायी भूमिका खेल्नेसहित सबै संस्था र व्यवसायीले अपनत्व महसुस गर्नेगरी संघलाई अभिभावकत्व ग्रहण गर्नुपर्ने आवश्यकता पनि ढुंगानाले औल्याएका छन् । संघको नेतृत्व छान्नका लागि रहेका ३ हजार १ सय ४३ मतदाता मात्रै नभएर सबै व्यवसायीको हकहितका पक्षमा लाग्ने प्रतिवद्धता पनि उनको रहेको छ ।

संघको आगामी २४ र २५ गते ३४ औ महाधिवेसन हुँदैछ । निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुने संघको महासचिवमा उम्मेदवारी प्रस्तुत गरेका ढुंगाना हाल मदिरा व्यवसायी महासंघका केन्द्रीय महासचिवका रुपमा काम गरिरहेका छन् । त्यस्तै अधिकृत विक्रेता संघका सल्लाहकारसहित दामु अधिकारीको नेतृत्वमा कार्यकारी सदस्यका रुपमा संघमा उनले काम गरि सकेका छन् ।

You might also like

Comments are closed.