नबिल बैंक र युनिलिभर नेपालबीच सहकार्य

काठमाडौं ।  नबिल बैंक लि. र युनिलिभर नेपाल लि.बीच च्यानल फाइनान्सीङ सुविधाका लागि सहकार्य भएको छ ।

नबिल बैंक का तर्फबाट प्रमुख कार्यकारी अधिकृत, ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभर नेपाल लि. का तर्फबाट प्रबन्धक निर्देशक,अमलान मुखरजीले भदौं २० गते नबिलका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एस.एम.ई तथा लघुवित्तका प्रमुख निरज बस्नेत (डनिल)का साथै युनिलिभरका मुख्य वितरकहरुको उपस्थितिमा सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता हस्ताक्षर सगै युनिलिभर नेपाल लि. ले आफ्ना तीन जना वितरकहरुलाई च्यानल फाइनान्सीङ  सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो ।

footwear zone

यस अन्तर्गत युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरुले च्यानल पार्टनरको रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैंभरि फैलिएका शाखा सञ्जालहरुबाट च्यानल फाइनान्सीङ कर्जा उपभोग गर्न पाउने छन् ।

च्यानल फाइनान्सीङका प्रमुख आर्कषण अन्तर्गत च्यानल प्रिन्सिपलले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुतानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ ।

साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एस. एम. ई. कर्जा पनि उपलब्ध हुनेछ ।युनिलिभर नेपाल लि. सँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंङ्गानाले बैंक सँग आबद्ध व्यवसायीहरुलाई चालु पुजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ च्यानल फाइनान्सीङ  सुविधाका साथै अन्य एस. एम. ई. कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराए ।

 

You might also like

Comments are closed.