सेयर बजारको ओरालो यात्रा जारी : २.१३ अंकले घट्यो नेप्से, १ अर्ब ४ लाखको कारोबार

काठमाडौं । साताको पाँचौ दिन पनि सेयर बजार परिसूचक (नेप्से) घटेको छ । साताको पहिलो कारोबार दिन सामान्य बढेर बन्द भएको नेप्से त्यसयत लगातार ओरालो लाग्दै आएको छ । बुधबार झन्डै १२ अंकले घटेको नेप्से बिहीबार भने २ दशमलव १३ अंकले घटेर १ हजार ९ सय ३७ दशमलव ७४ अंकमा झरको छ।

आज दुई सय २७ वटा कम्पनीको ३४ लाख एक हजार कित्ता सेयर किनबेच हुँदा कुल एक अर्ब चार करोड ४४ लाखको कारोबार भएको छ। आज सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको १३ करोड १० लाख रुपैयाँको काराेबार भएको छ ।

आज बजारमा कुल १८८ कम्पनीको कारोबार भएकोमा ११७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ६१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

footwear zone

कारोबार भएकामध्ये ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.४९ प्रतिशतले वृद्धि हुँदा मल्टिपर्पस फाइनान्सको सेयर मूल्य ४.०९ प्रतिशतले वृद्धि भएको छ ।

You might also like

Comments are closed.