आठौँ संस्करणको ‘फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२’ भृकुटीमण्डपमा शुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ मेला २०२२ सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा आजदेखि यही भदौ २७ गतेसम्म चल्ने एक्स्पोको आज वाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका थिए ,

मेलामा भारत, बंगलादेश, पाकिस्तानलगायतका मुलुकका फर्निचर उत्पादक कम्पनीको सहभागिता छ । जेन्सा कार्पेट, हलेसी डेकोर र भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले प्रदर्शनीको प्रायोजन गरेका छन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायतका सामग्री मेलामा रहेको संघका अध्यक्ष शुभेन्द्र जोशीले जानकारी दिए।

नेपालमा रु ६० अर्ब बराबरको फर्निचरजन्य सामग्रीको वार्षिक कारोबार हुने गरेकामा त्यसको झण्डै ५० प्रतिशत हिस्सा आयातित फर्निचर रहेको बताइन्छ । प्रदर्शनीको व्यवस्थापन इभेन्ट सोलुशन प्रालिले गरेको छ। प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवर्द्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनको विभिन्न सहयोग रहेको छ ।

footwear zone

बदलिँदो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ। पाँच दिनसम्म चल्ने एक्स्पोमा एक लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा बर्सेनि फर्निचर तथा फनिर्सिङ सामग्रीको मेला आयोजना गर्दै आएको छ ।

You might also like

Comments are closed.