काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रा.ली मा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे छ ।
सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पताल प्रा.लीमा ओपीडी चेकअफ एण्ड इन्भेस्टिकेसन (Endoscopy, X-Ray, USG, Pathology tests, General Ward & Cabin bed charges मा १५ प्रतिशत र OT Charges, CT Scan, ICU, NICU, HDU/Nursery मा १० प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।
एनसीसी बैंकले हाल १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।




Comments are closed.