पोखरा विश्वविद्यालयद्वारा शिक्षण अस्पताल सञ्चालन

पोखरा । पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ। बुधबार उक्त विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले अर्थोपेडिक ओपिडी र विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा.दीपकबहादुर भण्डारीले स्त्री तथा प्रसूति ओपिडीको शुभारम्भ गरे।

कार्यक्रममा पहिलो बिरामीका रूपमा स्थानीय महिला सुशीला रेग्मीलाई प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा मदन खड्काले उपचार गरी कार्यको थालनी गरिएको थियो । उपकुलपति प्रा डा अर्यालले शिक्षण अस्पताल विश्वविद्यालयका लागि अपरिहार्य रहेकाले त्यसको सुरूआत गर्न सकिएकामा आफू अत्यन्तै भाग्यमानी रहेको बताए।

विश्वविद्यालयले हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वास्थ्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको उल्लेख गर्दै उपकुलपति अर्यालले विश्वविद्यालयको स्तरोन्नतिका लागि विद्यार्थी सङ्ख्या बढाउनुपर्नेमा जोड दिए। विश्वविद्यालयले देशका विभिन्न भागमा आङ्गीक क्याम्पस खोल्ने तथा दुई वर्षभित्र एमबिबिएसको पठनपाठन सुरू गर्ने प्रतिबद्धता अर्यालको छ। हाल एक जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं एक जना अर्थोपेडिक सर्जन गरी दुई जना डाक्टरमार्फत १० बजेदेखि २ बजेसम्म टिकट शुल्क लिएर बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन हुने बताइएको छ ।

footwear zone

दुई जना मेडिकल अफिसरसमेतको सहयोगमा जनरल मेडिसिन, अन्य चोटपटक, दुर्घटनासम्बन्धी बिरामीको जाँच हुनेछ। अस्पतालमा दैनिक एक सयदेखि दुई सय जनासम्मलाई ओपिडीमा सेवा दिन अस्पताल जनशक्ति तम्मतयार रहेको जनाइएको छ। आकस्मिकका लागि १० श्यया र ९० साधारण श्यया राख्ने गरी कार्य अगाडि बढाइने जानकारी विश्वविद्यालयलले दिएको छ ।

You might also like

Comments are closed.