पोखरा । पोखरा उद्योग वाणिज्य संघले महिला उद्यमी सम्मान २०७९ बाट हिरा भट्टराईलाई सम्मान गरेको छ ।
संघको शुक्रबारदेखि शुरु ३० औं अधिवेशन उद्घाटन समारोहबीच उद्योग र वाणिज्य क्षेत्रमा योगदान पुर्याउने व्यवसायीहरुलाई सम्मान गरिएको हो ।
भट्टराई पद्मावती हस्तकला उद्योग, पद्मावती मिडिया प्रा.लि र न्यु भट्टराई किराना स्टोर्सको संचालक तथा रेडियो जननीको अध्यक्ष हुन् ।
सोही अवसरमा संघले वाणिज्य तर्फ वसन्त नर्सरी र उद्योग तर्फ होटल वाराहीलाई उत्कृष्ट सम्मान गरेको छ । गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले व्यवसायीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका छन् ।

यसअघि अधिवेशनको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका थिए । पोखरा उद्योग वाणिज्य संघको दुईदिनसम्म चल्ने अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।




Comments are closed.