काठमाडौं । काठमाडौं २९ स्थित घट्टेकुलो नमूनानगर टोल सुधार समितिको अध्यक्षमा युवा व्यवसायी एवं समाजसेवी मोहनकुमार डाँगी निर्वाचित भएका छन् । शनिबार सम्पन्न १४औं साधारण सभाले डाँगीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गणेशप्रसाद कट्टेल, सचिवमा कविन्द्र दाहाल र कोषाध्यक्षमा नारायण प्रसाद अर्याल निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा मुना निरौला, जयराज भण्डारी, सन्ध्या रेग्मी, बालकृष्ण पोख्रेल र निर्मला सुवेदी निर्वाचित भए ।
नवनिर्वाचित अध्यक्ष डाँगीले टोलको विकास तथा अन्य सामाजिक काममा समिति सक्रिय हुने बताएका छन् । निवर्तमान अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, निर्वाचन समिति, निर्वाचन अधिकृत, आजीवन सदस्य, साधारण सदस्य सबैप्रति उनले आभार व्यक्त गरेका छन् ।






Comments are closed.