बंगलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौं : ऊर्जामन्त्री भुसाल

चितवन । ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बंगलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बंगलादेशलाई विद्युत् निर्यात गरिने बताएकी हुन् ।

हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ । “हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात हुँदैछ,” मन्त्री भुसालले भनिन्, “जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जान्छ ।”

ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क जस्तै रहेको जानकारी दिँदै उनले घरायासी प्रयोजनका लागि मूल्य घटाइएको छ भने कृषि र सिँचाईमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिइन्।

footwear zone

फरक प्रसङ्गमा उनले गठबन्धनको सिटको विषय आज बेलुकासम्म टुङ्ग्याइने बताइन्। शुक्रबार टुङ्गिने भनिएको गठबन्धनको सिट बाँडफाँट प्राविधिक हिसाबले समस्या भएको उल्लेख उनले भनिन्, “गठबन्धनका नेताहरू बाहिर भएका कारण शुक्रबार हुन सकेन आज साँझ टुङ्गिन्छ ।”

You might also like

Comments are closed.