मनकामना केबलकारको सेवा पुनः सुचारु

काठमाडौं । स्तरोन्नतिका लागि बन्द रहेको मनकामना केबलकारको सेवा पुनः सुचारु भएको छ । केबलकारको पहिलो चरणको मर्मत कार्य सम्पन्न गरी शनिबारबाट पुनः सेवा सुरु भएको हो । केबलकार ३ चरणमा मर्मत गरी स्तरउन्नति हुँदैछ । पहिलो चरणको मर्मतका लागि गत साउन २३ गतेदेखि केबलकार बन्द गरिएको थियो ।

पहिलो चरणको निर्माण कार्य प्रक्षेपण गरिएको समय भन्दा एक साता अगाडि नै सम्पन्न भएको निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

केबलकारको मर्मतका लागि अष्ट्रियाबाट प्राविधिकहरुको टोली नेपाल आएका थिए ।

footwear zone

गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ साल मङ्सिरबाट सञ्चालनमा ल्याएको मनकामना केबलकार तीन चरणमा स्तरोन्नति गरिँदैछ ।

You might also like

Comments are closed.