ग्लोबल हब बिजनेस पार्क प्रा.लि.को प्रथम साधारण सभा सम्पन्न

पोखरा । ग्लोबल हब बिजनेस पार्क प्रा.लि.को प्रथम साधारण सभा सम्पन्न भएको छ । पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कमा शनिबार सभा सम्पन्न भएको  हो । उक्त सभामा २५ जना संस्थापको सहभागिता रहेको थियो ।

शनिबार  सम्पन्न भएको सभाले १० जना कार्यसमिति समिति चयन गरेको छ ।। उक्त कार्यसमितिको निर्देशक तथा अध्यक्षमा मुछेत्र लामिछाने गुरुङ चयन भएका छन् । त्यस्तै, निर्देशक तथा प्रवक्तामा रमेश खाँड ठकुरी र अन्य निर्देशकहरुमा विक्रम गिरी, रजनी भुझेल, मधु ढुंगाना, आनन्द केसी, निराजन श्रेष्ठ, मित्र राज बराल, उत्तम बहादुर पहारी,पुष्पराज ढकाल चयन भएका छन् ।

कम्पनीको साधरण सभाले यो वर्षमा आफ्नै स्व पूजीबाट २० करोड सम्मको लगानी गर्ने पनि सभाबाट पारित भएको कम्पनिका निर्देशक तथा प्रवक्ता रमेश खाँड ठकुरीले जानकारी दिएका छन् ।

footwear zone

अध्यक्ष मुछेत्र लामिछाने गुरुङले सभालाई स्वागत मन्तब्य राखेका थिए । त्यस्तै, आर्थिक बिवरण कम्पनीका निर्देशक तथा कम्पनीका जन्मदाता सिए. पुष्पराज ढकालले पेस गरेका थिए ।

रिर्सच एण्ड डेभलपमेन्टको बारेमा कम्पनीका निर्देशक तथा प्रवक्ता खाँड ठकुरीले आफ्नो धारण प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा शुभकामना सन्देस तथा कार्यक्रमको निर्देशक डाइरेक्टर विक्रम गिरीले गरेका थिए ।

 

 

You might also like

Comments are closed.