आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं ।  लगातार बढीरहेको सुनचाँदीको मूल्य आइतबार भने स्थिर रहेको छ ।

शुक्रबार तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन साताको पहिलो कारोबार दिन आइतबार पनि सोही मूल्य कायमै भई कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजाबी सुन तोलाको ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आइतबार  पनि सोही मूल्य कायमै भई  कारोबार  भइरहेको महासंघले जनाएको छ ।

footwear zone

त्यसैगरी ,शुक्रबार तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.