पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोज श्रेष्ठ विजयी भएका छन् । पवन प्रजापती प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठ लोकप्रिय मतसहित विजयी भएका हुन् ।
अघिल्लो कार्यकालमा मनोनीत सदस्य भएर उनले काम गरेका थिए । मानस मार्केटिङ, मानस ट्रेड लिंक र श्री सत्यसाई ट्रेडर्सका सञ्चालक श्रेष्ठ विगत २२ वर्षदेखि व्यावसायिक क्षेत्रमा सक्रिय छन् ।
संघको अध्यक्षमा पवन प्रजापती विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेश बास्तोला, उपमहासचिवमा शोभा गौतम विजयी भएका छन् ।






Comments are closed.