पोउवा संघमा बस्ताकोटी विजयी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी माधव बस्ताकोटी विजयी भएका छन् । विजयी भएसँगै उनले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

व्यवसायी बस्ताकोटी शंकर टायर रिसोलोङ इन्डष्ट्रिज र शंकर टायर हाउसका प्रोप्राइटर, कालीगण्डकी डायग्नोष्टिक प्रा.लि., फेवा ग्यासेस् प्रा.लि., द म्यान इन्टरप्राईजेस प्रा.लि. र शंकर पेपर वक्र्स प्रा.लि.का अध्यक्षसमेत रहेका छन् ।

संघको अध्यक्षमा पवन प्रजापती विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेश बास्तोला, उपमहासचिवमा शोभा गौतम विजयी भएका छन् ।

footwear zone

You might also like

Comments are closed.