मेकानिक मिट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

ललितपुर । नेपाल अटो मेकानिक्स ट्रेड युनियन समन्वय कमिटि ललितपुर र रेस अटो प्रा.लि. टिभिएस कुमारीपाटीको आयोजनामा मेकानिक मिट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आधुनिक प्रविधि र विविध विषयमा उक्त अवसरमा प्रशिक्षण प्रदान गरिएको थियो ।

रेस अटोका सञ्चालक निर्मल सिग्देलको सभापतित्वमा तथा नाटु केन्द्रीय उपाध्यक्ष नारायण पुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा ललितपुर जिल्लाका युवा मेकानिक्सहरुको उपस्थिति रहेको नेपाल अटो मेकानिक ट्रेड युनियन ललितपुरका बिराट दुवाडीले जानकारी दिए ।

footwear zone

आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने रेस अटोका सञ्चालक निर्मल सिग्देलले बताए ।

सो अवसरमा ७० जनाको उपस्थिति रहेको जनाइएको छ । ट्राफिक प्रहरी जावलाखेलको तर्फबाट सडक सुरक्षाका बारेमा जानकारी गराइएको थियो ।

You might also like

Comments are closed.