अनुगमन कार्यालयले राख्यो १० ठेकेदार कम्पनीलाई कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंले भवन निर्माणको काम अलपत्र पार्ने १० ठेकेदार कम्पनीहरु कालोसूचीमा राखेको छ ।

अनुगमन कार्यालयले सोमबार एक सूचना सार्वजनिक गरी १० ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको जानकरी दिएको हो । उक्त १० ठेकेदा कम्पनीहरुले काठमाडौं उपत्यका विकास प्राधिकरण, दुग्ध विकास संस्थान लगायतका १० कार्यालयहरुको काम अलपत्र पारेका थिए ।

सूचनामा उक्त ठेकेदार कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन, २०६३ को दप स् ६३ को उपदप स् (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायीरआपूर्तिकर्तालाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायीरआपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने जनाएको छ ।

footwear zone

 

 

 

You might also like

Comments are closed.