काठमाडौं । समृद्धि फाइनान्सको सातौ शाखा बनेपामा स्थापना भएको छ । समृद्धि फाइनान्सले फाइनान्सले आज एक औपचारीक कार्यक्रम गरी आफ्नो सातौ शाखाको रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन गरेको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले भदौ २७ गते सोमबार बनेपा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा नेपाल उ.वा. संघका उपाध्यक्ष कैलाश पलान्चोके , बनेपा न.पा. वार्ड नं ८ का वार्ड अध्यक्ष शुभलक्ष्मी मानन्धरसहित प्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।

साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराएका थिए ।त्यस्तै चाँडै नै आठौ शाखाको रुपमा जनकपुर शाखाको पनि उदघाटन गरिने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रवर्द्धन प्रबद्र्यन अधिकृत सुरज कुमार सर्राफले बताए ।
समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।




Comments are closed.