काठमाडौं । एस.जि ग्रुप अन्तर्गत नेपालका लागि आधिकारिक वितरक मोटरहेड तथा टारो ब्राण्डमा लागू हुने गरी भदौ २७ गते सोमबारबाट ३१ गतेसम्म एक्सचेन्ज क्याम्प सञ्चालन गरेको छ ।
जसमा जस्तोसुकै अवस्थाको वाइकहरुमा कम्तिमा रु २५ हजार रुपैयाँको मुल्याङकन हुनेछ र जुनसुकै व्राण्डको वाइकसंग एक्सचेन्जमा वजार मुल्याङकन भन्दा २० हजार हुनेछ ।साथै वम्पर अफरमा २ जना भाग्यशाली विजेतालाई कम्पनीबाट फुल इन्स्योरेन्स छुट हुनेछ । यो अफर काठमाडौं उपत्यका भित्र धोविघाट, बालाजु, सल्लाघारी, चावहिल र टेकु गरी ६ वटा शोरुममा लागु हुनेछ ।
यसका साथसाथै कम्पनीले दशैं तिहार र छठ अफर अन्तर्गत यही भदौं १९ गतेदेखि कार्तिक १५ गतेसम्म लागू हुने गरी आफ्नो “४ को चमत्कार, वाइक पनि वचत पनि अफर सार्वजनिक गरेको छ ।

कम्पनीले मोटरहेड व्राण्डका वाइक खरीद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९ सयदेखि रु.१ लाख रुपैया जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १ लाख जित्न सक्ने अफर सार्वजनिक गरेको छ ।
यसका साथसाथै त्भपपभल द्दछण् पुरानो मोडलको खरीद जुनै पनि माध्यमबाट खरीद गर्दा सिधै २५ हजार छुटको व्यवस्था गरेको छ ।व्यवस्था गरेको छ । टारो ब्राण्डका वाइक तथा स्कुटरको खरिदमा कम्पनीले आफ्नो ग्राहकहरुलाई उचित छुट दिई, छुट मार्फत वचत पनि हुने उद्देश्यले आफ्नो वाइकहरुमा ३० हजारसम्म नगद छुट तथा स्कुटरलको खरीदमा १५ हजार छुटको अफर अघि सारेका छन् ।
कम्पनीले वम्पर अफरमा गोला प्रथाद्धारा १ जना भाग्यशाली खरीदकर्ताले ५ वर्षको कर तथा विमा छुटको अफर पनि ल्याएको छ ।ग्राहकहरुले कम्पनीको शोरुममा गई टेष्ट राइड तथा Pose एण्ड पोष्ट क्याम्पीङ अन्तर्गत फोटो खिची लाइक एण्ड सियर Like & Share गर्दा हातखाली नहुने उपहार समेत जित्न सक्नेछन् ।




Comments are closed.