प्रभु बैंक र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरकाबीच छुट सम्झौता

प्रभु बैंक लिमिटेड र पोखरास्थित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्चबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट पोखरा शाखा कार्यलय प्रमुख पुष्कर शेरचन र गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चका तर्फ बाट प्रिन्सिपल प्रोफेसर डा. रविन्द्र प्रसाद श्रेष्ठद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरको हुन् ।

प्रभु बैंक र उक्त हस्पिटलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्चद्धारा सञ्चालित हस्पिटल सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

footwear zone

उक्त सम्झौता अन्तर्गत गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्चमा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ । हाल प्रभु बैंकले २१७ शाखा, एक्सटेन्सन काउन्टर ६३, एटिएम १९३ वटाबाट सेवा प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.