६१ लाख ५४ हजार जरिवाना तोकिएका कुँवर पक्राउ

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ६१ लाख ५४ हजार आठ सय ७५ जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अदालतले बैंकिङ कसुर मुद्दामा २५ दिन कैद सजाय र रु ६१ लाख ५४ हजार आठ सय ७५ जरिवना ठहर गरेपछि फरार पर्वत घर भई काठमाडौंको नयाँबजार बस्ने ३५ वर्षीय ईन्द्रबहादुर कुँवरलाई पक्राउ गरी सोमबारसार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक कमल थापाले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै विभिन्न तीन जनालाई पैसा नभएको चेक दिएर बैकिङजन्य कसुर गरेकाले उच्च अदालत पाटनको आदेशअनुसार कुँवरलाई सुन्धाराबाट पक्राउ गरी जानकारी दिए ।

footwear zone

पक्राउ कुँवरले एनआईसी एसिया बैंक लिमिटेड सोह्रखुट्टेको खातामा पर्याप्त रकम नहुँदा नहुँदै खाली चेक दिएर बैंकिङजन्य कसुर गरेको ब्यूरोले जनाएको छ । पक्राउ कुँवरलाई अदालतको आदेशअनुसार कैद भुक्तानका लागि आज डिल्लीबजार कारागार चलान गरिएको प्रवक्ता थापाले बताए ।

You might also like

Comments are closed.