काठमाडौं । काठमाडौंको पुतली सडकस्थित पद्मोदय मोडमा रहेका जुत्ता शोरुममा ‘दसैं तिहार अफर तथा एक्स्चेन्ज अफर’ जारी छ। दसैं, तिहार तथा छठ पर्वसम्म लागु हुने शुरु गरिएको एक्स्चेन्जसहितको मेलामा ग्राहकहरुको आकर्षण बढ्दो छ ।
अफरअन्तर्गत पुरानो जस्तोसुकै जुत्तालाई पनि ५ सय रुपैयाँ मूल्यांकन गरिने सञ्चालक प्रमोद महतोले जानकारी दिए । साथै अफर अन्तर्गत हरेक जुत्ता चप्पल खरिदमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । कम्पनीले एक्स्चेन्ज अफरको आठौं संस्करणको मेला आयोजना गरेको हो ।
सिंह दरबारतर्फबाट पद्मोदय मोडबाट फनपार्क जाने बाटोतर्फ रहेका केटिएम सुज, सम्राट सुज, स्मार्ट सुज र भेनस सुजको शोरुममा दसैं, तिहार तथा छठसम्म लागु हुने गरी एक्स्चेन्जसहितको मेला सुरु भएको हो । यस अघिका मेलाहरुमा ग्राहकको बढ्दो आकर्षणलाई देखेर यसपटक पनि मेलाको आयोजना गरिएको महतोले जानकारी दिए । ‘यस वर्ष पनि मेलामा ग्राहकको उत्साहजनक उपस्थिति रहनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

दसैं तिहारलाई लक्षित गरी शोरुममा चार वटा ब्राण्डका ५ सय भन्दा बढी नयाँ डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध रहेको स्मार्ट सुजका सञ्चालक जीवन श्रेष्ठले जानकारी दिए । ‘२ हजार भन्दा बढी मोडेलका जुत्ता चप्पल उपलब्ध छन्,’ उनले भने । पार्टी, अफिस, कलेज, स्पोर्टस, क्याजुअल, लोफर, क्व्याटर, फुल लगायतका जुत्ताहरु शोरुममा उपलब्ध छन् । ‘आधुनिक डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन्,’ उनले भने, ‘एक्स्चेन्ज अफर तथा विशेष छुटसहितको मेलाबाट धेरै ग्राहक लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।’
पद्मोदय मोडमा स्थायी शोरुम भएकाले ग्राहकले वर्षभरी नै जुत्ता चप्पलको सेवा लिन सक्ने श्रेष्ठले बताए ।




Comments are closed.