नौ बुँदे घोषणा पत्र जारी गदैं नेपाल युवा उद्ममशीलता सिखर सम्मेलन सम्पन्न

काठमाडौं । युवा उद्ममशीलता प्रवद्र्धनका लागि स्टार्टअप निति ल्याउनुपर्ने र युवाहरुको नवप्र्रतनीय सोच माथी लगानी गर्न छुट्टै आइडिया बैंक स्थापना गर्नुपर्ने माग सहित काठमाडौंमा जारी दोस्रो नेपाल युवा उद्ममशीलता सिखर सम्मेलन २०२२ सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकार, नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको सयुक्त आयोजना सम्पन्न सम्मेलनले स्टार्टअप इकोसिस्टम निमार्णमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने, नेपाली उत्पादन र सोचलाई संघीय, प्रदेश र स्थानीय तीनवटै सरकारले प्राथमिकता दिनुपर्ने, स्टार्टअपका लागि परियोजना धितो राखेर लोन दिने व्यवस्था गर्नुपर्ने र यसको प्रक्रिया सर्वसुलभ र झन्झटरहित हुनुपर्ने निष्कर्ष निकालेको छ ।

सरकारले दिने सहुलियतपुर्ण कर्जा सहि ठाँउमा जानुपर्ने सुझाव पनि दिएको छ ।सम्मेलनको समुद्घाटन पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए भने समापन नेपाल उद्मोग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गरेका थिए । सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले बैंक, बित्तिय संस्था, प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल र बिभिन्न प्राइभेटमार्फत नेपालमा युवा उद्ममशीलता प्रवद्र्धन हुदै गएको सन्दर्भ उल्लेख गदैं आगामी दिन नेपालको युवा उद्ममका लागि सकारात्मक रहेको निष्कर्ष समेत निकालेको जानकारी दिए ।

footwear zone

युवा उद्ममका चुनौती र अवशर दुवै भएकोले चुनौतीलाई अवशरमा बदल्न डिजिटलमैत्री उद्ममको परिकल्पनामा राष्ट्रिय युवा परिषद् रहेको परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।सम्मेलनमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, प्रधानमन्त्रीका आइटी सल्लाहकार दिपेश बिष्ट, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाल दुरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष पुरुषोत्म खनाल, बरिष्ठ उद्ममी पवन गोल्यान, हरीभक्त सर्मा, भवानी राणालगायतले बिभिन्न सेसनमा आफनो धारणा राखेका थिए ।

त्यसैगरी, उद्ममी रञ्जीत आचार्य, मौषमी श्रेष्ठ, बैकर किरण कुमार श्रेष्ठ, मनोज ज्ञवाली, प्रविन बस्नेत, डा. नरबहनदुर बिष्ट, डा.छिरिङ लामा, इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंसीलगायतका बक्क्ताहरुले उद्ममशीलताका अनुभव, धारणा र अहिलेको अवस्थाका सम्वन्धमा युवाहरुसंग अन्तरक्रिया गरेका थिए ।

युवाहरुको नवीन ज्ञान, सोच, सीप वा प्रविधिको प्रयोग गरेर युवाहरुले पनि बजारको सम्भाब्यता अध्ययन गरेर नयाँ आइडिया ल्याउनुपर्ने सम्मेलनको निष्कर्ष रहेको छ । सम्मेलनमा ५५ जिल्लाका युवा उद्ममी र युवा उद्ममी बन्न चाहने करिब ४०० युवाहरुको सहभागीता रहेको थियो ।

You might also like

Comments are closed.