मोरङ । युवा नेतृ एवं युवा उद्यमी जुनु पोखरेल सांसदमा सिफारिस भएकी छन् । नेकपा एकीकृत समाजवादी पार्टीले उनलाई प्रदेशको समानुपातिक सांसदमा सिफारिस गरेको हो ।
जिल्लाको क्षेत्र नं. ५ को ‘क’ मा उनी सिफारिस भएकी हुन् । आफूलाई प्रदेश समानुपातिक सांसदमा सिफारिस गर्ने पार्टी कमिटिलाई पोखरेलले आभार व्यक्त गरेकी छन् ।
युवा संघ मोरङको कोषाध्यक्षसमेत रहेकी उनी नेपाल ब्रेकिङ एण्ड डान्स स्पोर्टसको मोरङ जिल्ला अध्यक्ष हुन् । लियो डिष्ट्रिक्टको पास्ट रिजन कोअर्डिनेटर भएर काम गरिसकेकी पोखरेल युथ इम्प्लोइमेन्ट सेन्टरको सञ्चालक हुन् ।

राजनीतिमा युवाहरुको आकर्षण बढिरहेको र चुनावमा पार्टीले युवालाई प्राथमिकता दिएको भन्दै उनले खुसी व्यक्त गरिन् । ‘अब राजनीतिमा युवाहरुको सक्रियता बढाउनुपर्छ,’ उनले भनिन्, ‘प्राप्त हुने अवसरमा पनि युवाहरु अग्रसर हुन जरुरी छ ।’




Comments are closed.