आजदेखि बजारमा दसैंका लागि नयाँ नोट साट्न पाइने

काठमाडौं ।  नेपालीहरुको महान चाड दसैँतिहार तथा छठ पर्ब नजिकिदै छ । विशेष गरी दसैंमा आम नेपालीले नयाँ नोट साट्ने गर्छन् । प्रत्यक वर्ष नेपाल राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराउदै आएको छ र यस बर्ष पनि बैंकले नयाँ नोट उपलब्ध गराइरहेको छ ।

नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएपनि सर्वसाधारणका लागि भने बुधबारदेखि सटही सुविधा खुला गरिएको हो ।

प्रतिव्यक्ति एकपटकमा १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने सुविधा प्रदान गरिएपनि यस वर्ष एकै व्यक्तिले दोहोर्‍याएर साट्न आएपनि कुनै बन्देज नगरिने नगरिने राष्ट्र बैंकले जनाएको छ ।गत वर्षहरुमा जस्तै यस वर्षपनि बैंकले रु ५, १०, २०, ५० र १०० रुपैयाँका खुद्रा नयाँ नोट उपलब्ध गराएको छ ।

footwear zone

आफूलाई पायक पर्ने र सहज हुने बैंक तथा वित्तीय संस्था, सहकारी र नेपाल राष्ट्र बैंकको सबै काउन्टरहरुबाट समेत नयाँ नोट साट्न पाइने बैंकले जनाएको छ ।

यस वर्ष राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोटको व्यवस्था गरेको छ । यतिले नपुगेको थप रकमको व्यवस्थापन समेत गरिने बैंकले जानकारी दिएको छ । गत वर्ष बैंकले ८ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको थियो ।

 

You might also like

Comments are closed.