नबिल बैंकले ल्यायो ‘नबिल जेन अल्फा’ स्किम

काठमाडौं । नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको छ ।

राष्ट्रिय बाल दिवसको अवसर पारेर  बुधबार काठमाडौंमा एक कार्यक्रम गरी  सार्वजनिक गरिएको  ‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम रहेको बैंकले जनाएको छ ।

नबिल जेन अल्फाको ब्राण्ड एम्बेसडरमा समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौडेल र प्रमुख कार्यकारी निर्देशक ढुंगानाले संयुक्त रुपमा उक्त एप सार्वजनिक गरेका छन् ।

footwear zone

यो स्किम मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ  ।बैंकका अनसार यस योजना अन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकवर्गले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्धती खातामा जम्मा गर्न सकिनेछ ।

अभिभावकहरूले यस एपमार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना र सेट गर्न र तोक्न सक्छन्, बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको बैंकले जनाएको छ ।

नेपाली रुपैयाँमा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्षसम्मका बालबालिकाहरु समाहित हुन सक्नेछन् । नबिल जेन अल्फा मोबाइल एप, प्ले स्टोर तथा एप्पल स्टोरबाट डाउनलोड गर्न सकिनेछ ।

You might also like

Comments are closed.