काठमाडौं । नेपालीहरुको महानचाड वडा दसैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।
योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् रु २ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता”को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्नसक्ने छन् ।

यो योजना भदौं २९ बुधबारदेखि आगामी असोज ११ गतेसम्म १४ दिनका लागि लागू हुनेछ ।साथै, सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्ताबन्दी (EMI) सुविधा लिंदा रु. ५ सयको क्यासब्याक पनि प्रदान गर्नेछ । क्यासब्याक योजना आगामी असोज १ देखि कार्तिक ३० गतेसम्म लागू हुनेछ ।
सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइटबाट आवेदन दिन सकिन्छ ।सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।




Comments are closed.