माउन्ट अन्नपूर्ण मा.वि.मा बालदिवस कार्यक्रम भव्यताका साथ सम्पन्न

पोखरा । माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल, नदिपुरले बालदिवस भव्यताका साथ सम्पन्न गरेको छ।

कक्षा नर्सरी देखि दससम्मका सम्पुर्ण विद्यार्थीहरु माझ विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यार्थीहरुद्वारा नृत्य , गायन, कविता बाचन जस्ता प्रस्तुतिहरु गरिएका थिए ।

त्यसैगरी कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकाहरुद्वारा पनि नृत्य र कविता बाचन गरी विद्यार्थीहरुलाइ मनोरञ्जन गराएका थिए।उक्त कार्यक्रममा विभिन्न ८ विधामा पुरस्कार वितरण गरिएको थियो ।

footwear zone

कक्षा १२ का छात्राहरुले समेत नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रम को अन्त्यमा कक्षागत रुपमा अङ्ग्रेजी निबन्ध लेखन प्रतियोगिता पनि गरिएको थियो।
बिधालयका अध्यक्ष सुरज प्रकाश प्रधानाङगको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बिधालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बाल अधिकारको महत्व र बालापन को संरक्षण को महत्व माथी प्रकाश पार्दै शुभकामना दिए । कार्यक्रमको संचालन एकाडेमिक इन्चार्ज ध्रुव पोख्रेलले गरेका थिए ।

You might also like

Comments are closed.