व्यवसायीलाई समयसीमाभित्र व्यवसाय दर्ता गर्न पोउवा संघको आग्रह

पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकाको आर्थिक ऐन २०७९ले दिएको सुविधाको उपयोग गर्दै समयसीमाभित्र व्यवसाय दर्ता गर्न सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ४ र ९ को कार्यालयबाट सो क्षेत्रमा रहेका अवैधानिक संरचना हटाउने तथा वैधानिक व्यवसायलाई मात्र प्रश्रय दिने अभियान संचालन गरेको र सहकार्यका लागि अनुरोध भइ आएकोमा उक्त कार्यको समर्थन गर्दै सम्पूर्ण व्यवसायीहरुलाई सहयोगको लागि पोखरा उद्योग वाणिज्य संघले अनुरोध समेत गरेको छ ।

साथै, पोखरा महानगरपालिकाको आर्थिक ऐन २०७९ ले २०७९ साल पौष मसान्तसम्म व्यवसाय नवीकरण गर्नेहरुको हकमा त्यसअघिका वर्षहरुको बाँकी बक्यौता मिनाहा गर्दै ३ र्आिर्थक वर्षको शुल्कमात्रै बुझाए हुने सुविधा प्रदान गरेको संघले जानकारी दिएको छ ।

footwear zone

उद्योगी/व्यवसायीहरुको हक हित संरक्षण गर्दै व्यवसाय विकास गर्नका लागि २०११ सालमा पोखरा उद्योग वाणिज्य संघ  स्थापित भएको हो ।
पोखरा उद्योग वाणिज्य संघ पोखराको विकास अभियन्ताको साथै पोखराको फुटपाथमा हुने अनधिकृत व्यवसाय हटाउन वा मर्यादित व्यवसायको व्यवस्थापन गर्न निरन्तर क्रियाशिल रहँदै आएको छ ।

You might also like

Comments are closed.