काठमाडौं । कालीगण्डकी गर्ज जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद बिक्री दर निर्धारण गर्ने सम्वन्धमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
शुक्रबार विद्युत नियमन आयोगको सभाहलमा कार्यक्रम भएको हो । १८० मेगावाटको आयोजनालाई काली गण्डकी गर्ज हाइड्रोवापर कम्पनी लिमिटेडले प्रवद्र्धन गरेको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ, निर्देशक प्रवल अधिकारी, विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंह, सदस्यहरु रामेश्वरप्रसाद कलवार, भागिरथी भट्टराई (ज्ञवाली), गौतम डंगोल, सचिव गोकर्णराज पन्थ, काली गण्डकी गर्ज हाइड्रोवापर कम्पनी लिमिटेडतर्फबाट अध्यक्ष सुवासचन्द्र सांघाई, प्रवर्द्धक सुशिल गुप्ता, सि.एफ.ओ अनिल अग्रवाल, प्रमुख कार्यकारी अधिकृत यथार्थ पोखरेललगायतको उपस्थितीमा कार्यक्रम भएको हो ।

आयोजना म्याग्दी जिल्लाको अन्नपुर्ण गाँउपालिका र मुस्ताङको थासाङ गाँउपालिकामा निर्माण हुनेछ ।




Comments are closed.