काठमाडौं । कामना सेवा विकास बैंक र गेट वे पेमेन्ट सर्भिस प्रा.लि.बीच सम्झौता भएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा युनीफाईड पेमेन्ट इन्टर्फेस् नेपालसँग आबद्ध रहेको गेट वे पेमेन्ट सर्भिस प्रा. लि. सँग सम्झौता गरेको हो ।
शुक्रबार बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वर सम्झौता भएको छ । योसँगै कामना सेवा बैंक गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गर्ने पहिलो विकास बैंक बनेको छ ।
सेवा सुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपीआइमार्फत कामना सेवा विकास बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न एवं भारतीय पर्यटकले कामना सेवा विकास बैंकका मर्चेन्टहरुमा भारतीय बैंककै एपमार्फत क्यूआ कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

यस सेवाले भारतबाट प्राप्त हुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकले जनाएको छ ।




Comments are closed.