पर्साका दुई पालिकाले बल्ल गरे बजेट सार्वजनिक

वीरगञ्ज । पर्साका दुई पालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । आव २०७९/८० बजेट गत असार १० गते नै प्रस्तुत गरी सार्वजनिक गर्नुपर्ने भए पनि पर्साको बहुदरमाई नगरपालिका र कालिकामाई गाउँपालिकाले बल्ल बजेट सार्वजनिक गरेका छन् ।

लामो समयदेखि जनप्रतिनिधिबीच बजेट बाँडफाँटमा विवाद देखिएपछि दुवै पालिकाको बजेट सार्वजनिक हुनसकेको थिएन। बहुदरमाई नगरपालिकाले रु ६७ करोेड ७९ लाख ११ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ। सङ्घीय सरकारको समानीकरण अनुदानतर्फ रु १३ करोड ८२ लाख, ससर्त अनुदानतर्फ रु २१ करोड तीन लाख, प्रत्यक्ष अनुदानतर्फ रु एक करोड तथा राजश्व बाँडफाँटतर्फ रु नौ करोड ३१ लख ४९ हजार रहेको छ ।

नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समग्रमा विभिन्न विकास निमार्णका कार्यका साथै शिक्षालाई बढी प्राथमिकता दिएर बजेट सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद उप्रेतीले जानकारी दिए।

footwear zone

त्यसैगरी कालिकामाई गाउँपालिकाको आठौँ गाउँ सभामार्फत रु ४२ करोड ६६ लाख बराबरको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाले आर्थिक वर्ष २०७९/८० का लागि नीति, कार्यक्रम तथा बजेट बहुमतले पारित गरेको हो । सभामा आर्थिक विधेयक, विनियोजन विधेयकसहित गाउँपालिकाको आवश्यक ऐन सम्बन्धित विधेयक पारित भएको गाउँपालिकाले जनाएको छ ।

You might also like

Comments are closed.