कानेपोखरी बजारको खानेपानी योजना सम्पन्न

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको कानेपोखरी बजारमा प्रदेश सरकारको लगानीमा निर्माण भएको खानेपानी आयोजनाको आज उद्घाटन गरिएको छ।

कानेपाखरी–७, हाइवे लाइनमा कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले निर्माण गरेको खानेपानी आयोजनाको प्रदेश नं १ प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक सूयर्माराज राईले उद्घाटन गरे।

विसं २०७५ पुस १६ गते राईले नै उक्त आयोजना शिलान्यास गरेका थिए । प्रमुख सचेतक राईले यति छोटो अवधिमा योजना सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै विकासलाई निन्तर आगाडि बढाउँदै लैजाने विश्वास दिलाए।

footwear zone

दुई लाख २५ हजार लिटर क्षमताको ओभर हेड ट्याङ्कीबाट २४ घण्टा पानी वितरण गर्ने गरी तीन हजार मिटर खानेपानी पाइप विस्तार गरिएको योजना रु तीन करोड २७ लाख ९५ हजार लागतमा सम्पन्न गरिएको छ । स्थानीय सामुदायिक वनको पाँच कट्ठा जमिनमा उपभोक्ता समितिले खानेपानी आयोजना निर्माण गरेको हो ।

सम्पन्न योजनाले कानेपोखरी गाउँपालिकाको वडा नं २, ४, ५, ६ र ७ गरी करिब एक हजार ५०० घर घरधुरी लाभान्वित हुने प्रमुख सचेक राईले जानकारी दिए । उनका अनुसार त्यति नै क्षमताको अर्को खानेपानी योजना विस्तार गरी जनतालाई खानेपानी समस्याबाट मुक्त गराउने उद्देश्य छ ।

You might also like

Comments are closed.