आरएमडिसी लघुवित्त र साना किसान विकास लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तको सेयर कारोबार आजबाट रोक्का भएको छ ।

मर्जरमा जाने सहमति गरेका साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तको सेयर कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असोज २ गते आइतबारबाट रोक्का गरेको हो ।

दुवै लघुवित्तले पत्राचार गर्दै सेयर कारोबार रोक्न आग्रह गरेपछि नेप्सेले मर्जर प्रयोजनका लागि रोक्का गरेको हो।यी दुवै लघुवित्तबीच गत शुक्रबार मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।

footwear zone

मर्जरका लागि सेयर आदानप्रदान अनुपात १०० : ८७ कायम हुने सहमति भएको छ । यसको अर्थ आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्।

You might also like

Comments are closed.