यस्तो छ एनसीसी बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर

काठमाडौं ।  नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

एनसीसी बैंकले असोज १ गतेबाट लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशन गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती खाता अन्तर्गत न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

साथै बचत खाताअन्तर्गत न्यूनतम ७.१३ प्रतिशत देखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।त्यस्तै, बैंकले कर्जा लगानीतर्फ भने न्यूनतम २ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

footwear zone

एनसीसी बैंकले हाल १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

You might also like

Comments are closed.