पोखरा । टिभिएसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रा.लि.ले पोखरामा टिभिएस ग्राण्ड एक्स्चेन्ज मेलाको आयोजना गर्ने भएको छ । पोखराको अमरसिंहचौरमा असोज ५ गतेदेखि १० गतेसम्म मेलाको आयोजना गर्न लागिएको प्रालिका प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए ।
एक्सचेन्ज मेलामा कुनै पनि कम्पनीको पुरानो तथा जुनसुकै मोडलको मोटरसाइकल वा स्कुटर ल्याएर नयाँ स्मार्ट टिभिएस मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिनेछ । एक्सचेन्ज मेलामा पुराना मोटरसाइकल तथा स्कुटरको उचित मूल्यांकन गरिने पनि कम्पनीले जनाएको छ ।
त्यसैगरी, नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ल्याएको ‘कायापलट’ विशेष योजनाअन्तर्गतका सम्पूर्ण अफर ग्राहकले प्राप्त गर्नेछन् । यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा आकर्षक उपहार प्राप्त गर्न सक्छन् ।

‘कायापलट’ योजना अन्तर्गत नकिन्दै एक लाख र खरिद गरेपछि दश लाखसम्म जित्ने मौका रहेको छ । साथै एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार उपलब्ध गरिनेछ । यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा रु ४ हजार २ सयको मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिनेछ ।
नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।




Comments are closed.