सुर्खे । टिभीएसले सुर्खेतमा आफ्ना ग्राहकवर्ग लक्षित “आपाचे ओनर ग्रुप” (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । शनिबार सुर्खेतदेखि वीरेन्द्रनगर १४ को स्टे होटल भ्याली भ्यूसम्म आयोजित उक्त राइडमा ३५ जना राइडरले सहभागिता जनाएका थिए ।
कार्यक्रमअन्तर्गत राइडमा भ्लगर प्रज्वल बस्नेत र रुपेश विकलगायतको सहभागीता थियो । उनीहरुले सुर्खेतमा टिभिएसको नेतृत्वमा यसपटक राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे । राइडका क्रममा सडक सुरक्षा सम्बन्धी थप जानकारी समेत मिलेको उनिहरुले बताए ।
कार्यक्रमा मन्तब्य राख्दै विकले भने, “यो हाम्रो लागि गर्वको कुरा हो । पश्चिम नेपालको सुर्खेतमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्यछ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेको छु ।”

टिभिएसले हालसम्म एओजी राइड कार्यक्रमअन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्यापटर, धनगडीमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई मनपराएको पाइएको छ । यो कार्यक्रम आगामी समय बाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको छ ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।




Comments are closed.