पर्यटन मन्त्रालयका उपसचिव नेपालविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले उपसचिव नेपाललाई केही दिन पहिले प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति दिने क्रममा बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग छ लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

आयोगले आरोपी नेपाल विरुद्ध ६ लाख बिगो र सोहीअनुसार कैद सजायको माग गरेको छ । आयोगले सापटीवापत लिएको भनिएको १६ लाख ५० हजार जफत गर्न माग गरेको छ ।

footwear zone

आयोगले उपसचिव नेपालको सवारी साधनबाट उक्त रकम बरामद गरेको थियो ।बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठमाथि पनि घुस दिएर सरकारी कर्मचारी प्रभावित पार्न खोजेको आरोप लगाउँदै आयोगले भ्रष्टाचार निवारण ऐनबमोजिमको कारबाहीको माग गरेको छ ।

You might also like

Comments are closed.